२ बैशाख २०८३, बुधबार | April 16, 2026

सुख्खाग्रस्त नरैनापुर पुगेर अर्थमन्त्री शर्माले भने – कसैलाई भोकै बस्न दिईने छैन



नेपालगन्ज । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खाक्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकामा अर्थमन्त्री जनार्दन शर्मा स्थलगत अवलोकन गरेका छन् । लामो खडेरीले लगाएको सबै धानबाली नष्ट भएपछि नरैनापुर गाँउपालिकाले सुख्खाक्षेत्र घोषणा गरेको क्षेत्रमा आज अर्थमन्त्रीले अस्थलगत अवलोकन गरेका हुन् ।

अर्थ मन्त्री शर्मा नरैनापुरका स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसंग खडेरीबाट भएको नोक्सानीका बारेमा जानकारी लिएका थिए । उनले गाउँपालिकाको केही वडाका सुख्खा खेतमा पुग्नुका साथै भारतीय सिमा नाका बघौडा सम्मको स्थलगत अवलोकन गरेका थिए । प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको नरैनापुर ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले मन्त्री शर्मालाई जानकारी दिए ।

अर्थ मन्त्री शर्माले नरैनापुर क्षेत्रको सुख्खा ग्रस्त क्षेत्रमा भेला भएका किसानहरुलाई भने, ‘नरैनापुरको खडेरी देख्दा मलाई मर्माहत बनाएको छ, यहाँका जनताको कुरा मैले मन्त्री परिषदमा राखेर केन्द्रीय सरकारबाटै राहतको व्यवस्था मिलाउँछु ।’ उनले सो समस्याका बारेमा मन्त्री परिषदको बैठकमा जानकारी गराउनुका साथै प्रधानमन्त्रीसंग पनि कुरा गर्ने बताए ।

अर्थमन्त्री शर्माले तत्कालका लागि के गर्न सकिन्छ र बाँझो खेतलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा निचोड निकालेर अगाडी बढ्ने जनाउँदै सरकारले कसैलाई भोकै बस्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

सिंचाइको व्यवस्था नभएकोले अधिकांश किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउँदै गाँउपालिका अध्यक्ष इस्तियाक अहमद साहले यसपटक लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ नभएका कारण सुख्खा क्षेत्र घोषणा गरिएको मन्त्री शर्मालाई जानकारी दिए । उनले किसानलाई राहत दिन समेत माग गरे ।

सो क्षेत्रमा सिंचाइको लागि हरेक वडामा तीन तीन वटा डिप बोरिंग जडान गरेर अन्य वैकल्पिक व्यवस्था गर्न, सिचाइको लागि किसानहरुलाई सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, किसानहरुको सुविधाको लागि कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न मन्त्री शर्मालाई अध्यक्ष शाहले आग्रह गरे ।

वर्षा नभएर शतप्रतिशत सुख्खा भएपछि यस अघि गाउँ कार्यपालिकाको बैठकले पालिकालाई सुख्खा क्षेत्र घोषणा गरि ८० प्रतिशत करमा छुट दिने निर्णय गरेको थियो । जिल्लाकै सबैभन्दा दुर्गम र पिछिडिएको मानिने नरैनापुरका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

सो पालिकामा तीन हजार सात सय हेक्टर खेती योग्य जग्गा रहेकोमा २६० हेक्टरमा मात्र सिचाई सुविधा रहेको र अहिले पानी नपर्दा ती सबै सिचाईका श्रोत पनि सुकेकोले पानी नआएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  १० : ३० बजे

डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश

नेपालगन्ज । जेविएम फूटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ । पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली

बुटवलमा चल्यो डोजर, नगर प्रमुख भन्छन् – ‘भन्दा-भन्दा थाके, अब सुरु भयो, रोकिदैन’

बुटवल । शरहलाई नै कुरुप बनाउने गरि बुटवल उपमहानगर क्षेत्रभित्रका

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

भैरहवा । सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार