८ असार २०८३, सोमबार | June 22, 2026

मुगु कांग्रेस सभापति शाही सर्वसम्मत सिफारिस



मुगु । नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए । उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिक तर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल , महिला समानुपातिक धनसिला मल्ल , र खुल्ला समानुपातिक मिन भामलाई सिफारिस गरेको हो ।

यस्तै कर्णाली प्रदेश सभा क , अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाको लागि खगेन्द्र बहादुर मल्ल , हरिजंग शाही , तिलक बहादुर मल्ल लाई प्रदेश सभाको लागि नाम सिफारिस गरिएको हो ।

प्रदेश समानुपातिकतर्फ सुर्यदेवि मल्ल महिला र पिछडिएको क्षेत्र , पदम रावल खस आर्य , लक्ष्मि रावत महिला खस आर्य , भिम तिरुवा दलित , च्यावा लामा जनजाति , फुन्जोक लामा जनजाति , रमाईलि रावल ख्ला , र खुम्मेनी विक दलित महिलाको लागि समानुपातिकतर्फ नाम सिफारिस गरेको सचिव मल्लले जानकारी दिए ।

साथै प्रदेशसभा ख अन्तर्गत प्रत्यक्षतर्फ खड्क बहादुर शाही , रतन बहादुर शाही , र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी खस आर्य पिछडिएको क्षेत्र , महेश गिरी अपाङ्ग , रुपकर्ण शाही महिला , गोमा गिरी महिला , लोक बहादुर शाही खस आर्यबाट सिफारिस गरेको नेपाली कांग्रेस मुगुले जनाएको छ ।

निर्वाचन क्षेत्र अनुसार प्रदेश क अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउपालिका पर्छन भने प्रदेश ख, अन्तर्गत खत्याड गाउपालिका र सोरु गाउपालिका रहेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १० : १० बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका