४ आश्विन २०८३, आइतबार | September 21, 2026

गुल्मीमा कांग्रेस जिताउन गुल्मेली कांग्रेसजन रुपन्देहीमा संगठित



बुटवल । गुल्मीको रुरुक्षेत्रबाट झरेर रुपन्देहीका बिभिन्न स्थानमा बसोबास गर्दै आएका कांग्रेस समर्थकहरुले आगामी चुनावमा गुल्मी गएर कांग्रेसलाई चिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको रुरुक्षेत्र(रुपन्देही सम्पर्क समितिको पहिलो अधिवेशनमा भेलाभएका गुल्मेली कांग्रेस समर्थकहरुले मंसिर ४ गते गुल्मी पुगेर कांग्रेसको पक्षमा जनमत तयार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले संगठित भएमात्र संस्थाको महत्व बढ्ने भन्दै एकतालाई बलियो बनाउने प्रण समेत गरे । राजनीतिक र सामाजिक भावनालाई जोडेर योगदान गर्ने लक्ष्य लिए अवश्य सफलता हात लाग्ने कांग्रेस रुरुक्षेत्र गाँउ समितिका अध्यक्ष अध्यक्ष देवेद्र मल्लले बताए ।

कार्यक्रमको उदघाटन गर्दै उनले पहाडी संस्कृतिलाई तराईमा स्थापित गर्न समेत संघसंस्थाहरुको योगदान रहने बताए । कार्यक्रममा उद्योगी गोपाल ज्ञवाली, स्थानीय हरि ज्ञवाली, विष्णु ज्ञवाली, नारायण ज्ञवाली, दुर्गा ज्ञवाली, बिनोद ज्ञवाली लगायतले समाज रुपान्तरमा योगदान दिन सबै लाग्नुपर्ने बताएका थिए ।

बैठकबाट दिवाकर ज्ञवालीको सभापतित्वमा नया नेतृत्व सर्वसम्मत चयन भएको छ । सम्र्क समितिकोे उपसभापतिमा बरुण पौडेल, मैना ज्ञवाली, सचिव दुर्गामणी ज्ञवाली, सहसचिव बिनोद ज्ञवाली र शालिकराम ज्ञवाली, सदस्यहरुमा मदन ज्ञवाली, राजु थापा, कमल चन्द, अशोक घिमिरे, सुशिल बराल, किरण मल्ल, खेमराज ज्ञवाली, कृष्ण प्रसाद गौतम, चिरन्जीवी ज्ञवाली, श्रीराम पन्थ, भुवनेश्वर भण्डारी, छबिलाल पौडेल, निरन्जन राना, सफल थापा, बिशाल गिरी, नारायण ज्ञवाली चयन भएका छन् ।

कार्यक्रम कांग्रेसका युवा नेता तिलक मल्लको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ६ : २४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन