९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

एक खेल अघि नै जित्यो नेपालले केन्याविरूद्धको एकदिवसीय सिरिज



काठमाडौं । नेपालले एक खेल अघि नै केन्या विरुद्धको एक दिवसीय सिरिज कब्जा गरेको छ ।

तीनवटा दिवसीय खेलमा नेपालले लगातार दुई खेलमा जित निकाल्दै सिरिज कब्जा गरेको हो ।

शनिबार भएको दोस्रो खेलमा नेपालले १६ रनको जित हासिल गर्दै २०को अग्रता लिएसँगै अन्तिम खेल अघि नै सिरिज विजेता बन्न सफल भएको हो । शुक्रबार भएको पहिलो खेल पनि नेपालले जितेको थियो ।

शनिबार भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेको थियो । ४ बल खेल्न बाँकी छँदा नेपाल २३० रनमा अलआउट भएको थियो । २३० रन बनाउन कप्तान रोहित पौडेलले ७८ रनको योगदान दिएका थिए । उनले ९५ बलमा ७ चौका हानेका थिए । यस्तै देव खनालले ३७ रन र ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे।

२३१ रनको लक्ष्य पाएको केन्या ४६।३ ओभरमा २१४ रनमा अलआउट भयो। नेपालका बलर दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट, पवन सर्राफ र करण केसीले १,१ विकेट हात पारे।

अब अन्तिम खेल सोमबार हुँदैछ ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ८ : २० बजे

रसुवागढी-स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न चीनसँग सहयोग माग

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

टी-२० वरियतामा नेपालको सधार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद्

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न