३ असार २०८१, सोमबार | June 17, 2024

एक खेल अघि नै जित्यो नेपालले केन्याविरूद्धको एकदिवसीय सिरिज



काठमाडौं । नेपालले एक खेल अघि नै केन्या विरुद्धको एक दिवसीय सिरिज कब्जा गरेको छ ।

तीनवटा दिवसीय खेलमा नेपालले लगातार दुई खेलमा जित निकाल्दै सिरिज कब्जा गरेको हो ।

शनिबार भएको दोस्रो खेलमा नेपालले १६ रनको जित हासिल गर्दै २०को अग्रता लिएसँगै अन्तिम खेल अघि नै सिरिज विजेता बन्न सफल भएको हो । शुक्रबार भएको पहिलो खेल पनि नेपालले जितेको थियो ।

शनिबार भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेको थियो । ४ बल खेल्न बाँकी छँदा नेपाल २३० रनमा अलआउट भएको थियो । २३० रन बनाउन कप्तान रोहित पौडेलले ७८ रनको योगदान दिएका थिए । उनले ९५ बलमा ७ चौका हानेका थिए । यस्तै देव खनालले ३७ रन र ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे।

२३१ रनको लक्ष्य पाएको केन्या ४६।३ ओभरमा २१४ रनमा अलआउट भयो। नेपालका बलर दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट, पवन सर्राफ र करण केसीले १,१ विकेट हात पारे।

अब अन्तिम खेल सोमबार हुँदैछ ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ८ : २० बजे

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची

‘बोक्सीको घर’ ले पूरा गर्यो ५१ औँ दिन

काठमाडौं । यो वर्ष प्रदर्शनको ५१ औँ दिन पूरा गर्ने

दार्जिलिङको नयाँ जलपाईगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा

व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नैपर्छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको

मुकु सुवेदीको नयाँ गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक (भिडियो सहित)

बुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको