५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पहिराले जामुने-खैरेनी सडक अवरुद्ध



दमौली । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने-खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका-६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरा खसेपछि जामुने-खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उनले बताए । “वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ”, उनले भने ।

अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे-४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ । सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले जानकारी दिए । पृथ्वीराजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ९ : ११ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर