२० मंसिर २०८२, शनिबार | December 6, 2025

करेन्ट लागेर विधुत प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु



खोटाङ । करेन्ट लागेर नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ । विगत आठ/नौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए ।

करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो ।

अवरुद्ध विद्युत सुचारु गराउन र जलेको ट्रान्सफर्मर हेर्नका लागि राई सहित चार प्राविधिकको टोली बुईपा छापगाउँ पुगेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

‘काम गर्दागर्दै करेन्ट लागेको होइन । काम सकेर विद्युत चालु भएपछि भर्‍याङ बोकेर हिँड्नेक्रममा भर्‍याङले हाइटेन्सन छुन पुग्दा करेन्ट लागेको हो,’ प्रमुख रेग्मीले भने, ‘विद्युत मर्मत गर्न र जलेको ट्रान्सफर्मर हेर्न चार जना कर्मचारी खटिएको थियो ।’

करेन्ट लाग्दा २४ घण्टा नपुग्दै जिल्लाका दुई जनाले ज्यान गुमाएका छन् । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको शनिबार राती मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ९ : ३० बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले