१२ बैशाख २०८१, बुधबार | April 24, 2024

अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को समय सुरु होस : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निर्णय लिनुपर्ने उल्लेख गरे ।

‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट चुक्यौं । स्थानीय निर्वाचनअघि स्थानीय सरकार, प्रदेश र संघीय संसदको कार्यकालबारे निर्णय गरेको भए हुन्थ्यो । तर हामीले गरेनौं । हामी यसमा चुक्यौं,’ उनले भने, ‘एउटा संसदबाट अर्को संसदमा जाँदा दुर्घटनाको अवस्था आउन सक्छ । संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ रु यसबारे पनि सबै एक ठाउँमा आउनुपर्छ ।’

सांसद थापाले एक दुई महिनाका लागि सेवासुविधा र पारिश्रमिक लिनका लागि अहिलेका सांसदहरूले मरिहत्ते गरेका हुन् भन्ने बुझाइ रहेको भन्दै संसदको प्रतिष्ठाका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले अन्तिम मत परिणाम आएपछि पुरानो संसद् विघटन र नयाँ संसद्को सुरु होस् भनी आफूले संशोधन हालेको जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  २ : ४३ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको