१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

३ सामुदायिक सहित बुटवलमा ४ बिद्यालयमा नेकपा बुहमत निकट बिद्यार्थीको तालाबन्दी



बुटवल । नेकपा बहुमत निकट बिद्याथीृ संगठन अखिल क्रान्तिकारीले ३ वटा सामुदायिक सहित ४ वटा बिद्यालयको लेखा शाखामा तालाबन्दी गरेको छ । चर्को शैक्षिक शुल्क, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सेण्डिकेट लगायतका विषयमा बुटवल उपमहानागर अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा ताला लगाइएको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनले बुटवलको कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन माविको लेखा शाखामा ताला लगाएको हो ।

बुटवल उपमहानगरपालिकाको शिक्षा शाखालाई बोधार्थ पठाउँदै संगठनले माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्नेगरी तालाबन्दी गरिएको जनाएको छ । आजबाट शुरु गरिएको तालाबन्दीसँगै जिल्लाका अन्य पालिकाहरुमा समेत आफ्नो आन्दोलन र संघर्षका कार्यक्रमलाई अगाडी बढाईने संगठनका जिल्ला अध्यक्ष पारस राहदीले जनाएका छन् ।

सामुदायिक विद्यालयहरुले अभिभावकहरुबाट सहयोग स्वरुप रकम लिन सक्ने अधिकारको दुरुपयोग गर्दै सोही बहाना बनाएर चर्को शैक्षिक शुल्क उठाउने गरेको संगठनको आरोप छ । यसैगरी राज्यले निशुल्क उपलब्ध गराउने शिक्षा जस्तो संवेदनशिल विषयमा विद्यालयहरुले मनोमानी शुल्क असुल्नुका साथै शैक्षिक सामग्रीहरु खरिदका लागि समेत एकै ठाउँबाट खरिद गर्नुपर्ने गरी अप्रत्येक्ष रुपमा सेण्डिकेट लगाइएको संगठनको आरोप छ । यसैगरी निजी शैक्षिक संस्थाहरुले महङ्गो शैक्षिक शुल्क अशुल्नुका साथै विद्यालयमा अनिवार्य उपलब्ध गराउनु पर्ने शैक्षिक छात्रावृत्ति पारदर्शी नभएको आरोप लगाइएको छ ।

आन्दोलनमा रहेको अनेरास्ववियु (क्रान्तिकारी)ले एक महिनाअघि आफ्नो विभिन्न शैक्षिक माग राख्दै सम्बन्धित स्थानीय निकाय तथा शैक्षिक संस्थाहरुसँग सहमती गरेको भएपनि सो अनुसार नभएपछि तालाबन्दी गर्नुपरेको जिल्ला अध्यक्ष राहदीले बताए । आफ्ना शैक्षिक मागहरु सम्बोधन नुहँदासम्म चरणबद्ध आन्दोलन गर्दै जाने लक्ष्यअनुरुप सांकेतिक रुपमा यहाँका ठूला शैक्षिकसंस्थाहरुबाट आन्दोलन सुरु गरिएको उनले बताए ।

विद्यालयमा लागेका तालाबन्दी खुलाउनका लागि आन्दोलनरत पक्षसँग एक चरणको छलफल भइसकेको बुटवल उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)का मातृ पार्टी नेकपा बहुमतका जिल्ला संयोजक सुनिल बन्जाडेसँग आन्दोलनका बारेमा छलफल भएको उनले बताए । विद्यार्थीहरुले राखेका केही मागहरु जायज भए पनि ती मागहरु केन्द्रसरकार र नीतिगत सुधारका विषय भएको उनले बताए । खनालका अनुसार शिक्षा शाखाले आन्दोलनरत विद्यार्थी संगठनसँग पनि छलफलको तयारी गरेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ३ : ३८ बजे

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत

कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन