३ भदौ २०८३, बुधबार | August 19, 2026

३ सामुदायिक सहित बुटवलमा ४ बिद्यालयमा नेकपा बुहमत निकट बिद्यार्थीको तालाबन्दी



बुटवल । नेकपा बहुमत निकट बिद्याथीृ संगठन अखिल क्रान्तिकारीले ३ वटा सामुदायिक सहित ४ वटा बिद्यालयको लेखा शाखामा तालाबन्दी गरेको छ । चर्को शैक्षिक शुल्क, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सेण्डिकेट लगायतका विषयमा बुटवल उपमहानागर अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा ताला लगाइएको अखिल क्रान्तिकारीले जनाएको छ । संगठनले बुटवलको कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन माविको लेखा शाखामा ताला लगाएको हो ।

बुटवल उपमहानगरपालिकाको शिक्षा शाखालाई बोधार्थ पठाउँदै संगठनले माग पूरा नहुँदासम्म चरणबद्ध आन्दोलन जारी राख्नेगरी तालाबन्दी गरिएको जनाएको छ । आजबाट शुरु गरिएको तालाबन्दीसँगै जिल्लाका अन्य पालिकाहरुमा समेत आफ्नो आन्दोलन र संघर्षका कार्यक्रमलाई अगाडी बढाईने संगठनका जिल्ला अध्यक्ष पारस राहदीले जनाएका छन् ।

सामुदायिक विद्यालयहरुले अभिभावकहरुबाट सहयोग स्वरुप रकम लिन सक्ने अधिकारको दुरुपयोग गर्दै सोही बहाना बनाएर चर्को शैक्षिक शुल्क उठाउने गरेको संगठनको आरोप छ । यसैगरी राज्यले निशुल्क उपलब्ध गराउने शिक्षा जस्तो संवेदनशिल विषयमा विद्यालयहरुले मनोमानी शुल्क असुल्नुका साथै शैक्षिक सामग्रीहरु खरिदका लागि समेत एकै ठाउँबाट खरिद गर्नुपर्ने गरी अप्रत्येक्ष रुपमा सेण्डिकेट लगाइएको संगठनको आरोप छ । यसैगरी निजी शैक्षिक संस्थाहरुले महङ्गो शैक्षिक शुल्क अशुल्नुका साथै विद्यालयमा अनिवार्य उपलब्ध गराउनु पर्ने शैक्षिक छात्रावृत्ति पारदर्शी नभएको आरोप लगाइएको छ ।

आन्दोलनमा रहेको अनेरास्ववियु (क्रान्तिकारी)ले एक महिनाअघि आफ्नो विभिन्न शैक्षिक माग राख्दै सम्बन्धित स्थानीय निकाय तथा शैक्षिक संस्थाहरुसँग सहमती गरेको भएपनि सो अनुसार नभएपछि तालाबन्दी गर्नुपरेको जिल्ला अध्यक्ष राहदीले बताए । आफ्ना शैक्षिक मागहरु सम्बोधन नुहँदासम्म चरणबद्ध आन्दोलन गर्दै जाने लक्ष्यअनुरुप सांकेतिक रुपमा यहाँका ठूला शैक्षिकसंस्थाहरुबाट आन्दोलन सुरु गरिएको उनले बताए ।

विद्यालयमा लागेका तालाबन्दी खुलाउनका लागि आन्दोलनरत पक्षसँग एक चरणको छलफल भइसकेको बुटवल उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनालले बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी)का मातृ पार्टी नेकपा बहुमतका जिल्ला संयोजक सुनिल बन्जाडेसँग आन्दोलनका बारेमा छलफल भएको उनले बताए । विद्यार्थीहरुले राखेका केही मागहरु जायज भए पनि ती मागहरु केन्द्रसरकार र नीतिगत सुधारका विषय भएको उनले बताए । खनालका अनुसार शिक्षा शाखाले आन्दोलनरत विद्यार्थी संगठनसँग पनि छलफलको तयारी गरेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ३ : ३८ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको