३ भदौ २०८३, बुधबार | August 19, 2026

चिकित्सा क्याम्पस डिन कार्यालयमा तालाबन्दी



काठमाडौं। काठमाडौंको महाराजगञ्जस्थित चिकित्सा क्याम्पस डिन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले १७ बुँदे माग राख्दै आज तालाबन्दी गरेको छ।

युनियनले लामो समयदेखि विभिन्न माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै स्ववियु डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

आफ्ना मागहरुका विषयमा पटकपटक डिन कार्यालयलाई जानकारी गराउँदा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने संस्थाले समय अभाव भएको बहाना गर्दै सामान्य छलफल समेत नगरेको भन्दै तालाबन्दी गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

मागहरुको सुनुवाइ नभएसम्म तालाबन्दी जारी रहने बताइएको छ। उनीहरुले क्याम्पसमा यूजी तथा पीजीका विद्यार्थीहरुका लागि उचित अनुपातका आधारमा ३०० बेड सहितको उचित होस्टेलको व्यवस्था हुनुपर्ने, पुस्तकालय २४सै घन्टा खुला हुनुपर्ने, इन्टर्नसिप चिकित्सकको तलब समयअनुसार बढ्नुपर्ने, फिल्ड भिजिटका क्रममा दैनिक भत्ता पाउनुपर्ने, पब्लिक हेल्थका विद्यार्थीहरुलाई छात्राबसको व्यवस्था हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको ऐन अनुसार विद्यार्थी कल्याण समिति निर्माणका लागि निर्देशन हुनुपर्ने लगायतका विभिन्न १७ बुँदे माग अघि सार्दै आन्दोलन गरेका हुन्।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : ५९ बजे

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ । हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा मुख्यमन्त्री

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

म्याग्दी । पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका-३