३ भदौ २०८३, बुधबार | August 19, 2026

भदौदेखि लेखा विषयको पढाई नभएपछि विद्यार्थीले लगाए विद्यालयमा ताला



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ६ मा अवस्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन ।  कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले लेखा विषयको कक्षा सञ्चालन नभएको भन्दै विद्यालयको प्रशासन र प्रधानाध्यापकको कक्षमा ताला लगाएका हुन् ।

प्रावि तहमा दरबन्दी रहेका शिक्षक सदरे आलम अवकास प्राप्त भएदेखि भदौदेखि लेखा विषय पढ्न नपाएको भन्दै विद्यार्थीहरुले सामुहिक रुपमा ताला लगाएका हुन् । लामो समयदेखि विद्यालयमा लेखा विषयको शिक्षक नहुँदा पठनपाठन नभएकोले नजिकिदै गरेको फाइनल परिक्षा कसरी दिने भन्ने विषयमा चिन्तित रहेको विद्यार्थीहरुले बताएका छन् ।

पटक–पटक माग राख्दा समेत पहल नभए पछि हाम्रो भविष्य नै अन्योल हुने देखिएकोले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताए । हाम्रो भविष्य माथिनै खेलवाड भइरहेको भन्दै उनीहरुले विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन वा सरोकारवाला निकायले चासो नदिएको गुनासो गरे।

शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुँदै गएको र आउने परीक्षामा के लेख्ने ?कसरी पास हुने ? भन्नेमा विद्यार्थी चिन्तित छन् । फाइनल परीक्षा नजिकिँदै गर्दा समेत विद्यालय व्यवस्थापन समितिले विषय शिक्षक उपलब्ध नगराएको कारण पढाई हुन सकेको छैन ।

कक्षा ९ मा ३७ जना र कक्षा १० मा ४३ जना विद्यार्थी भर्ना भएको अधिकांस विद्यार्थी लेखा विषय ऐच्छिकमा लिएर पढ्दै आएका थिए । अहिले कक्षा ९ मा २९ जना र कक्षा १० मा २६ जना विद्यार्थीले लेखा विषय शिक्षक नभएकै कारण पढ्न पाएका छैनन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेश यादवले विद्यार्थीको पढाइ प्रभावित भएको कुरा सम्बन्धित ठाउँमा अवगत गराएका बताए ।

विद्यालयमा भदौसम्म केही पाठहरु मात्रै पढेका विद्यार्थीहरुले त्यसयता कुनै पनि लेखा विषयको कक्षा लिएका छैनन् । विद्यालयको व्यवस्थापन समितिले विषय शिक्षक नभएपछि सिताराम कोइरी र नारायण ज्ञवालीलाई अध्यापनका लागि सहमति दिएको थियो । २०८० पुस १४ गते सहमति दिए पनि अन्तरजिल्ला भएको कारण उनीहरु नआएपछि विद्यालय व्यवस्थापन समितिले जिल्लाकै वीरेन्द्र यादवलाई सहमति दिएको थियो । विद्यालय व्यवस्थापन समितिमा सदस्यको रुपमा वडाध्यक्ष समेत रहने भएको यादवको सहमतिमा सिद्धार्थनगर नगरपालिका वडा नं. ६का वडाध्यक्ष विरेन्द्र श्रीवास्तवको हस्ताक्षर नभएकोले उनी आउन सकेका थिएनन् ।

विद्यालयका प्राधानाध्यपक प्रविन श्रीवास्तवका अनुसार व्यवस्थापन समितिले पुनः २०८० माघ १५ गते बैठक बसी सहमतिका लागि निर्णय गरेको बताए । नगरपालिकाको शिक्षा शाखाको कारण शिक्षक आउनमा ढिलाई भइरहेको उनले बताए । विद्यालयमा माध्यमिक तहको विज्ञान र निम्न माध्यमिक तहको नेपालीको शिक्षक पनि काज सरुवा भई गएपछि ति ठाँउमा पनि थप शिक्षक आएका छैनन् ।

सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले  महात्मा बुद्ध माध्यमिक विद्यालयमा लेखा विषयको पढाइ भदौदेखि नभएको भन्ने कुनै जानकारी नभएको बताए । यता विद्यालयले बैठक र पत्रमार्फत शिक्षकको माग गरेको दाबी गर्दै आएको छ । शैक्षिक सत्रको सकिन लाग्दा, परीक्षा नजिकिँदै गर्दा भने विद्यार्थीमा शिक्षक आउला नआउला भन्नेमा अन्योलता छाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : १९ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको