३ आश्विन २०८३, शनिबार | September 19, 2026

संसदको कार्यकाल विवाद समाप्त; पछि हट्यो सरकार, चालु संसद असोज १ गते सम्ममात्र



काठमाडौं । अन्ततः संसदको कार्यकाल लम्ब्याउने प्रस्तावबाट सरकार औपचारिक रुपमा पछि हटेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा कानूनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने सांसदहरुको संशोधनलाई स्वीकार गरेका छन् ।

गणपुरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक एक घण्टा ढिलो गरी सुरुभएपछि सभामुख सापकोटाले मन्त्री बन्दीलाई बोल्न दिएका थिए ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बन्दीले विधेयकको केही दफा हटाउने संशोधन स्वीकार गरेका हुन् ।

अब संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गतेसम्म मात्र कायम हुने छ। असोज २ गते मंसिर ४ को निर्वाचनका लागि समानुपातिक तर्फको नामावली बुझाउने कार्यतालिका यसअघि नै निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ ।

संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा भने अविच्छिन्न रहनेछ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ५ : ३२ बजे

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत