९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

काठमाडौं प्रहरीले भन्यो – सन्दीप लामिछानेले नाबालिगलाई पटकपटक बलात्कार गरेको जाहेरी छ



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ ।

परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो ।

जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौं प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाण्डौ र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौँ ल्याई रातको अं. २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं. ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९/०५/२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी परेको छ ।’

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ११ : ०७ बजे

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न

त्रिभुवन राजपथमा पालैपालो सवारीसाधन सञ्चालन

हेटौंडा । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पराजित

काठमाडौं। जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी