२६ पुस २०८२, शनिबार | January 11, 2026

इन्द्रजात्रामा सहभागी हुन विदेशी पाहुना आउने : काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकलन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरिएको जनाएको हो ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले इन्द्रजात्रा काठमाडौंमा मात्र सीमित नगराएर अन्न्तर्राष्ट्रियस्तरमै चिनाउन खोजिएको बताए ।

यसका लागि विभिन्न देशका प्रतिनिधिलाई आमन्त्रण गरिएको महानगर प्रवक्ता तथा काठमाडौं वडा १७ का वडा अध्यक्ष नविन मानन्धरले जानकारी दिए ।

‘यस वर्ष हामीले इन्द्रजात्रा अवलोकनका लागि देशी विदेशी पाहुनालाई बोलाएको छौँ,’ उनले भने, ‘कूटनीतिक नियमानुसार संघीय सरकारमार्फत विदेशी पाहुनालाई बोलाएका छौँ ।’

यस वर्षको इन्द्रजात्रा आउँदो शुक्रबार रहेको छ । तर, इन्द्रजात्राको सुरुवात भने भइसकेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  १२ : ३८ बजे

कांग्रेस विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा कांग्रेस निकट पत्रकारहरूको जोड

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध

भोलिदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदै

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तानसेन । यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम नै