२३ माघ २०८२, शुक्रबार | February 6, 2026

धेरैले आलोचना गरेपछि गायक शिव परियारले आफ्नो प्रतिरक्षा गरे– म नराम्रो विचार बोकेको मान्छे होइन



काठमाडौं । बलात्कारको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा आफ्नो व्यापक आलोचना भएपछि गायक शिव परियार प्रतिरक्षामा उत्रेका छन् ।

गायक परियारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुरा यति हो– म नराम्रो बिचार अनि व्यवहार बोकेको मान्छे हुँदै होईन, प्रहार गर्नेहरुको असंख्य प्रहार खप्दै यात्रा जारि राखिन्छ ।’

उनले आज विहान आफ्नो फेसबुक पेजमा नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरी रहेको लेखेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि एक जना १७ वर्षीय बालिकाले बलात्कारको आरोप लगाउँदै मंगलबार प्रहरीकोमा उजुरी दिएपछि गायक परियारले फेसबुक पेजमा सो कुरा उल्लेख गरेका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो । धेरैले आलोचना गरेपछि उनले दिउँसो फेसबुकमा पुनः अर्को स्टाटस राख्दै नराम्रो विचार भएको मान्छे नभएको बताएका हुन् ।

गायक परियारले आज विहान फेसबुक पेजमा लेखेका थिए, ‘नेपाल सरकार, यो पेशेवर पीडित भनौदाहरुलाई पनि व्यवस्थित गरी कारवाही गर्ने कुनै कानुनको धारा होला नी रु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ रु यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारीहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने देखियो, कृपया अनुसन्धान होस् ।’

अहिलेकै अवस्था रहे प्रधानमन्त्री, मेयर, कलाकार, संस्कृतविद्, वैज्ञानिक, किसान, शिक्षाविद्, खेलाडी, सामाजसेवी सबैमाथि बलात्कारको आरोप लाग्ने र नेपाल बलात्कारीको देश भनेर विश्व मानचित्रमा दर्ज हुने धारणा समेत उनले विहान फेसबुकमा राखेका थिए ।

‘यी बलात्कारी गिरोहको पर्दाफास र सन्निकट हुन जरुरी देख्दछु म । कृपया यति बेला सबै बर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु । अनुसन्धानबाट नियतबस बलात्कारी नै हो भने कानुनतः छुट नहोस, तर देशका सबै आइकनलाई सिध्याउने नियत सहितको अवस्था हो भने नेपाल सरकार, नेपाल प्रहरि र अदालत सबै निकाय यस बिषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्दछु,’ उनले भनेका थिए ।

उनी यत्तिमै रोकिएका थिएनन् । उनले विहान फेसबुकमा थप लेखेका थिए, ‘तर दुःखी आत्माहरुले आफ्नो प्रसिद्धी, प्रतिष्ठा एउटा नाबालिक प्रशंसकप्रति यौनको भोक मेटाउन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार ।’

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ५ : ४९ बजे

रौतहट घटनाबारे बोल्यो रास्वपा : छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट रौतहटमा

भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न

बैतडी बस दुर्घटना : गगन थापाद्वारा दुःख व्यक्त, घाइतेको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा