२१ मंसिर २०८२, आइतबार | December 7, 2025

म्याद थप्द लगिएको बन्दी अदालतको शौचालयबाट फरार



दाङ । म्याद थप गर्न प्रहरीले दाङ जिल्ला अदालत लगेको एक जना बन्दी अदालत परिषरबाट फरार भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १७ का २२ बर्षीय लक्ष्मण बिश्वकर्मा बिहीबार पाँच बजेतिर जिल्ला अदालतबाटै फरार भएको जिल्ला प्रहरीले जनाएको छ ।

बिश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए । विश्वकर्मालाई भित्र न्यायाधिस समक्ष पेश गर्ने क्रममा शौचालय गएकोमा त्यतैबाट फरार भएका थिए । शौचालयको झ्यालबाट हामफालेर विश्वकर्मा फरार भएको बताइएको छ । १८ जना बन्दीलाई २१ जना प्रहरीले एक साथ अदालत लगेकोमा विश्वकर्मा न्यायाधीश समक्ष पेश गर्न हतकडी खोलेर लैजानेक्रममा शौचालय पसेको र २ तला माथिबाट हामफालेर फरार भएको दाङ प्रहरी प्रमुख बिरबहादुर वलीले बताए ।

फरार विश्वकर्माको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ७ : ४६ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन