३ आश्विन २०८३, शनिबार | September 19, 2026

नागरिकता विधेयक प्रमाणीकरण हुन्छ, नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड



पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण हुने बताए । तर, यदी प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ ।

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूसमक्ष आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई सुझाव र सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् ।

यसपछि फेरि संघीय संसदका दुवै सदनले छलफलपछि उक्त विधेयकलाई जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ । अब उक्त विधेयक फिर्ता गर्न कानुनले नमिल्ने भएकाले राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुपर्ने प्रचण्डको दाबी छ ।

दोस्रोपटक पठाएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  १२ : ५१ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब