२० बैशाख २०८३, आइतबार | May 3, 2026

इन्द्रदहमा स्नान गर्नेको भीड



काठमाडौं । राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका-१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै स्नान एवं मन्दिर पूजा आराधना गरी फर्कने गर्छन् ।

शुक्रबार बेलुकी दीप प्रज्ज्वलन गरी बसेका भक्तजन र अन्य भक्तजनको पनि बिहानैदेखि इन्द्रदहमा स्नान गर्न भीड लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिए । इन्द्रदहको धार्मिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारले सक्दो प्रयास गरेको उनले बताए । थानकोटदेखि नै भक्तजनको भीड लाग्ने भएकाले शुक्रबारदेखि नै स्वयंसेवक खटाएर काम गरिएको नगरपालिकाले जनाएको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन वसन्तपुरमा इन्द्रजात्रा हेर्नेले बेलुकी बत्ती बाली जाग्राम बसेर आज बिहान पूर्णिमाका दिन स्नान गर्नुपर्ने धार्मिक विधि छ । भक्तजनका लागि सुविधा होस् भन्ने उद्देश्यले नगरपालिकाले सहयोग गर्ने गरेको छ । देवराज इन्द्रसँग जोडिएको पौराणिक कथाका आधारमा यहाँ प्रत्येक वर्ष मेला लाग्ने गरेको छ । कथाअनुसार स्वर्गबाट फूल चोर्न आएका इन्द्रलाई राजधानीका वसन्तपुर क्षेत्रमा समातिएको थियो । इन्द्रलाई छुटाउन उनकी आमा पनि स्वर्गबाट यहाँ आएको किम्वदन्ती छ । जसलाई यहाँका मानिसले आफूसँगै स्वर्ग लगे छोडिदिने वचन दिएका थिए ।

वसन्तपुरबाट स्वर्ग जान इच्छुकलाई लिएर हिँडेका इन्द्रले भाद्र शुक्ल पूर्णिमाका दिन बिहान इन्द्रदहमा स्नान गर्नुभएको थियो । इन्द्रसँगै आएका मानिस पनि स्नान गरिरहेका बेलाको मौका छोपी इन्द्र र आमा स्वर्ग गएको भनाइ विशेष गरी बूढापाकाले सुनाउने गरेका छन् ।

त्यसबेला वसन्तपुरका स्थानीयवासी भने त्यहीँ स्नान गरी घर फर्किएका थिए । यसै सम्झनामा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशी र पूर्णिमाका दिन बत्ती बाल्ने र स्नान गर्ने भक्तजन फर्केका थिए । यहाँको मेलामा काठमाडौं उपत्यकाका साथै वरपर जिल्लाका स्थानीयवासी पनि सहभागी हुने गरेका छन् ।

कोरोना महामारीका कारण विगतका दुई वर्ष कम भक्तजन आएकामा यस वर्ष भने धेरै भक्तजन इन्द्रदह आएको नगरपालिकाले जनाएको छ । यहाँ कालु पाँडेको समाधिस्थलसमेत रहेकाले यस क्षेत्रलाई पर्यटकीय ठाउँका रुपमा विकास गरिएको नगर प्रमुख गिरीले बताए ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ७ : ४४ बजे

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख

लालपुर्जा नभएका सबैलाई हटाउन खोजे ५० लाख जनसंख्या गरिबीको चक्रमा फस्नेछ : शंकर पोखरेल

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि निरन्तर डोजर