२८ बैशाख २०८३, सोमबार | May 12, 2026

सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक बस्दै



काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने जनाइएको छ । शनिबारको अबेर रातिसम्म बसेको बैठकमा निश्कर्षमा पुग्न नसकेपछि गठबन्धनका शीर्ष नेता आज पनि छलफल गर्न लागेका हुन् ।

आज बस्ने बैठकमा पनि सीट बाँडफाँडका विषयमा छलफल हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार सीट बाँडफाँडको विषय सहमति नजिक पुगेको छ ।

गठबन्धनले सीट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्षनेतालाई नै जिम्मेवारी सुम्पेको थियो ।

केही दिनदेखि पाँचै दलका शीर्षनेता छलफलमा जुटेका छन् । तर, सीट बाँडफाँडको विषय टुंगो लाग्न सकेको छैन ।

गठबन्धनमा नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीट दाबी गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ८ : ५८ बजे

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका