२० मंसिर २०८२, शनिबार | December 6, 2025

सिट बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक बस्दै



काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा सीट बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने जनाइएको छ । शनिबारको अबेर रातिसम्म बसेको बैठकमा निश्कर्षमा पुग्न नसकेपछि गठबन्धनका शीर्ष नेता आज पनि छलफल गर्न लागेका हुन् ।

आज बस्ने बैठकमा पनि सीट बाँडफाँडका विषयमा छलफल हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार सीट बाँडफाँडको विषय सहमति नजिक पुगेको छ ।

गठबन्धनले सीट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्षनेतालाई नै जिम्मेवारी सुम्पेको थियो ।

केही दिनदेखि पाँचै दलका शीर्षनेता छलफलमा जुटेका छन् । तर, सीट बाँडफाँडको विषय टुंगो लाग्न सकेको छैन ।

गठबन्धनमा नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीट दाबी गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ८ : ५८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति