९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा



काठमाडौं । नाबालिक किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा परेका छन् ।

आजै साँझ काठमाडौं आइपुग्न लागेका लामिछानेलाई विभागले कालोसूचीमा राखेको हो । यससँगै लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई थप सहज भएको छ ।

लामिछाने विरुद्ध प्रहरी वृत्त गौशालामा पीडित भनिएकी किशोरीले जाहेरी दिएकी थिइन । त्यसपछि प्रहरीले लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएसँगै पक्राउपूर्जी समेत जारी गरिसकेको छ ।

काठमाडौं आउने भएपछि विमानस्थलस्थित प्रहरी उच्च सर्तक अवस्थामा रहेको बताइएको छ ।

केन्या विरुद्धको खेलका टी २० खेलका लागि गएका लामिछाने केन्याबाट सिधै क्यारेवियन लिग खेल्न वेस्ट इन्डिज गएका थिए तर त्यसलगत्तै पक्राउ पूर्जी जारी भएपछि उनी लिग छोडेर नेपाल फर्कने निर्णय गरेका थिए । सन्दीपले आफु विरुद्ध लागेको आरोप झुठो भएको दाबी गर्दै त्यसविरुद्ध कानूनी लडाईं लड्ने बताएका छन् । उनले नेपाल क्रिकेट एशोसिएसनसँग कानूनी सहायता समेत मागेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ४ : ०२ बजे

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी । हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन

पहिरो खसेपछि कालीगण्डकी करिडोरको रुद्रबेणी–पूर्तिघाटखण्ड अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय

एसियाली खेलकुद पुरुष क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट

धवलागिरि हिमाल आरोहण टोली फर्कियो

म्याग्दी । म्याग्दीमा रहेको संसारको सातौँ ९आठ हजार १६७० मिटर