३१ भदौ २०८३, बुधबार | September 16, 2026

सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आइतबारको बैठक निष्कर्षविहीन बनेपछि सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठक पुनस् बस्न लागेको हो ।

दलहरुले आ-आफ्नो दाबी नछाडेपछि आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ ।

सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले बताए । सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदलले ठोस सहमति जुटाउन नसकेपछि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन शीर्ष नेताहरूलाई नै जिम्मा लगाएको थियो ।

सत्तारुढ पाँच दलमा नेपाली कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको छ भने माओवादी केन्द्रले ६० सिट पाउनु पर्ने अडान लिएको छ । यस्तै, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।

सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ७ : ५९ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।