काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ ।
आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो । आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ ।
आरोपित गरिरहेका छन् । आइतबारको बयानमा उनले पूर्वप्रधानन्यायाधीशहरुलाई त मण्डले नै भएको आरोप लगाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भने उनले बारम्बार प्रशंशा गरिरहेका छन् ।
प्रतिनिधिसभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ । त्यसपछि संसदमा जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्णयार्थ पेस गरिने छ ।
एमालेले साथ दिए महाअभियोग पास हुन्छ, नभए हुन्न । त्यही भएर अहिले जबरा एमालेले आफूविरुद्ध मत नदिनेमा ढुक्क देखिएका छन् ।
चोलेन्द्रले बयान दिँदा सर्वोच्चका सहकर्मी न्यायाधीश, वरिष्ठ वकिलहरु, राजनीतिक दलका नेताहरुलाई



















प्रतिक्रिया