काठमाडौं । महाअभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग अन्तिम बयान लिँदैछ ।
बिहान ११ बजे बस्ने बैठकमा समितिले तयार पारेका प्रश्नमध्ये बाँकी आठ वटा प्रश्नको जवाफ माग गर्ने तयारी भएको हो ।
यसअघि जबराले आइतबार पनि समितिमा उपस्थित भएर जवाफ दिएका थिए । त्यसक्रममा उनले सहकर्मी न्यायाधीशहरु, राजनीतिक दलका शीर्ष नेताहरु, वरिष्ठ वकिलहरु लगायतलाई आरोपित गरेका थिए।
जबराले आफुले न्यायपालिकालाई आँच पुग्ने कुनै काम नगरेको दाबी गर्दै महाअभियोग लगाउनुपर्ने कुनै कारण नभएको जिकिर गर्दै आएका छन् ।
जबरा विरुद्ध गत फागुन १गते सत्तापक्षका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । तर लामो समयपछि गत भदौ १ गते मात्र संसदले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । भदौ ८ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो ।



















प्रतिक्रिया