१० पुस २०८२, बिहिबार | December 25, 2025

चोलेन्द्रशमशेरले बयानमा मुछेका नाम सबैलाई बोलाउने समितिको निर्णय



काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई सोधपुछका लागि बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा नाम मुछेका व्यक्तिलाई आवश्यकताका आधारमा बोलाउने निर्णय गरेको हो । जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका व्यक्तिलाई समितिले बोलाउने निर्णय गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिए ।

जबराले एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, सर्वोच्च्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता ओमप्रकाश अर्यालसहितको नाम मुछेका थिए । जबरासँग समितिले आजै बयान लिएर सक्ने तयारी गरेको छ ।

गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । उक्त प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरासँग समितिले बयान लिने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  २ : २३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना