३ आश्विन २०८३, शनिबार | September 20, 2026

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौती



काठमाडौं । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको शन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आफूमाथि लगाएको महाअभियोगको आरोपपत्रका सम्बन्धमा सफाई पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दावी गरेका छन् । न्यायालयको शुद्धि र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पुयाउने उद्देश्यले कानुन बमोजिम दर्ता भई कार्यरत संस्थामा आवद्ध पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरी उनले बयान दिएको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निलम्बित प्रधान न्यायाधीशको बयानप्रति पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ। साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ।’

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ३ : ५७ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब