३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

धनगढीमा अनसनरत डाक्टर केसी अस्पताल भर्ना



धनगढी । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

धनगढीस्थित गिता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीको बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको वार्डमा सारिएको हो । केसीलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैशीले बताए ।

उनका अनुसार बुधबारदेखि डाक्टर केसीलाई बोल्न समस्या भइरहेको र रक्तचाप घटेको छ । उनले चिकित्सकको सल्लाह बमोजिमनै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताए ।

डाक्टर केसीको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसीएन डाक्टर शेर बहादुर कमरले गरेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ८ : ०३ बजे

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ

काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका

काठमाडौंको थानकोटमा घरायसी विवादले लियो ज्यान, चक्कु प्रहारबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार