१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै



काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ ।

आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आप्mनो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो ।

तर, राजनीतिक दलहरूको तीव्र विरोध र असन्तुष्टिपछि आयोग सो निर्णमा लचक देखिएको हो । आयोगले बुधबार १२ राजनीतिक दललाई बोलाएर आगामी ४ मंसिरमा हुने निर्वाचन’ छलफल गरेपछि आयोगले पूर्वनिर्णयमा केही लचक हुने संकेत दललाई दिएको हो ।

‘दलहरूले निर्वाचन आचार संहितासहितका विषयमा आआप्mनो धारणा राखेका छन्, आचार संहिताका विषयमा अलि खुकुलो व्यवस्था गरिदिनुपर्यो भन्ने गुनासो दलहरूबाट आयो, त्यसमा आयोग सकारात्मक छ भनेका छौं,’ आयोग स्रोतले राजधानीसँग भन्यो ।

नेपाली कांग्रेसका सचिव केशव रिजालले आयोगले प्रधानमन्त्री, मन्त्री र स्थानीय तहका जनप्रतिनिधि अर्को निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार गर्न नपाउनेगरी आचार संहिता प्रकाशन गरेकोमा प्रधानमन्त्री र मन्त्रीलाई प्रचारप्रसारमा नरोक्नेगरी सहज वातावरण बनाउन सकारात्मक भएको जानकारी दिए ।

आयोगले डाकेको बैठकमा दलका तर्फबाट सहभागी नेताहरूले संसदीय व्यवस्थाविपरीत र लोकतन्त्रको मूल्य मान्यताविपरीत आयोगले आचार संहिता बनाएको भन्दै त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन भन्दै सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित आचार संहिता १३ भदौमा नेपाल राजपत्रमा प्रकाशित भएको थियो ।

आचार संहितामा सरकारका कुनै पनि मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक भई प्रचारप्रसारमा सहभागी हुन नपाउनेगरी आयोगले व्यवस्था गरेको थियो ।

आचार संहितामा आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाउने उल्लेख छ । यस्तै, प्रचारप्रसारमा सरकारी स्रोतसाधन प्रयोग गर्न पनि बन्देज छ ।

प्रकाशित आचार संहिताअनुसार केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले वार्षिक बजेट र कार्यक्रममा स्वीकृत भएका बाहेकका अरू कार्यक्रम घोषणा गर्न र बजेट छुट्याउन पाउनेछैनन् ।

यस्तै, कुनै पनि योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न पाउने छैनन् भने त्यसका लागि अनुदान दिन पनि पाउने छैनन् । केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न र नियुक्त गर्न पनि पाउने छैनन् भने उनीहरूलाई आयोगले अनुमतिबिना विदेश भ्रमणमा पनि रोक लगाएको छ । आयोगले आचार संहिता कहिलेबाट लागू हुने भन्ने मिति तोकेको छैन । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ६ : २५ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष