४ आश्विन २०८३, आइतबार | September 20, 2026

जनताले देश चलाउने चाबी फेरि पनि माओवादीलाई नै दिँदैछन् : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताएका छन् ।

पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनावबाट जनताले पुनः माओवादीलाई नै मुख्य र निर्णायक शक्ति बनाउन लागेको दाबी गरेका हुन् ।

‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् । देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’ प्रचण्डले तर, नेता कार्यकर्ताहरुलाई सचेत गराउँदै भने, ‘त्यसका लागि एकतावद्ध भएर जनताको बीचमा जान भने आवश्यक छ । अनि मात्र देशको एक नम्वर कम्युनिष्ट पार्टी बन्नसक्छौं ।’

प्रचण्डले स्थानीय चुनावमा पार्टीभित्र र गठबन्धनबाट प्राप्त शिक्षा र अनुभवसहित मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावको तयारीमा लाग्नुपर्ने बताए । उनले स्थानीय निर्वाचनमा पार्टी भित्रकै अन्तर्घातका कारण जित्नुपर्ने स्थानमा पनि हारेको बताउँदै स्वार्थका कारण उम्मेदवारहरुले सहयोग नपाएको स्मरण गरे । उनले टिकट पाउने उम्मेदवार व्यक्ति मात्र नभई त्यो पार्टी हुने बताउँदै टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्ने स्पष्ट पारे । प्रचण्डले पार्टीका नेता(कार्यकर्ताहरुलाई पनि पार्टीलाई बलियो बनाउन मिहिनेत गर्न सुझाव पनि दिए ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ११ : ०५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब