९ पुस २०८२, बुधबार | December 25, 2025

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित



काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका बहालवाला र पूर्वन्यायाधीश तथा वकिलहरूलाई बयानका लागि बोलाइएको थियो । तर, कोही पनि उपस्थित नभएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले महाअभियोग सिफारिस समितिको बैठकमा उपस्थित नहुने बताइसकेका छन् ।

त्यसैगरी पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले पनि समिति बैठकमा बयानका लागि उपस्थित नहुने घोषणा गरेका छन् । सोही कारण अबको बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न समिति बैठक पर सारिएको एक सदस्यले जानकारी दिए ।

बुधबारको समिति बैठकले जबराले मुछेका नामहरूमध्ये राजनीतिज्ञबाहेक न्यायाधीश र वकिललाई समितिमा बोलाएर सोधपुछ गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  २ : २३ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना