२२ माघ २०८२, बिहिबार | February 5, 2026

सामूहिक बलात्कारका एक फरार अभियुक्त आठ वर्षपछि पक्राउ



काठमाडौं । मोरङमा सामूहिक बलात्कारका फरार अभियुक्तलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । मोरङ याङ्शीलाकी एक युवतीलाई सामूहिक बलात्कार आरोपपछि फरार रहेका केराबारी-८ का अशोक कुमार बस्नेत भनिने गिरिजाप्रसाद बस्नेतलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

अदालतले उनलाई फैसला कार्यान्वयनका लागि भन्दै जिल्ला कारागार मोरङ पठाएको छ । २०७१ साल जेठ ९ गते एक १६ वर्षीय युवतीलाई बस्नेतसहित तीन जनाले सामूहिक बलात्कार गरेका थिए ।

उक्त घटनामा संलग्न अर्का व्यक्ति प्रकाश थापालाई भने प्रहरीले तत्कालै पक्राउ गरेको थियो । अदालतले दोषि ठहर गरेसँगै थापा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका छन् । घटनामा संलग्न अर्का एक जना फरार रहेको बेलबारी प्रहरीले जनाएको छ ।

केराबारीको एक विद्यालयमा अध्ययन गरेर फर्किने क्रममा थापा र बस्नेतसहितका तीन युवाले ती युवतीलाई मोटरसाइकलमा राखेर पिर्रे जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए ।

जिल्ला अदालत मोरङले उनीहरु तीनै जनाविरुद्धको मुद्दामा २०७८ भदौ ३ गते समान हिसाबले २५ हजार जरिमाना र १३ वर्ष कैद हुने ठहर गरेको थियो ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ७ : २५ बजे

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी