१५ माघ २०८२, बिहिबार | January 29, 2026

चुनावअघि जग्गा नबाँड्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले संसदीय निर्वाचन अघि जग्गा नबाँड्न निर्देशन दिएको छ ।

राष्ट्रिय भूमि आयोगले चुनावको मुखमा भूमिहीनलाई लालपुर्जा वितरण गर्न थालेपछि आयोगले जग्गा बाँड्न रोक लगाएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी कुनै काम नगर्न आयोगले राष्ट्रिय भूमि आयोगलाई भनेको छ ।

‘आसन्न निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन सम्पन्न नभएसम्म जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायतका सबै काम तत्काल स्थगित गर्न’ आयोगले विज्ञप्तिमार्फत् जनाएको छ । यसबारे दुई दिनभित्र यथार्थ जानकारी दिन पनि भनिएको छ ।

त्यस्तै आयोगले सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्च बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन पनि भनेको छ ।

संसदीय चुनाव मंसिर ४ गते हुँदैछ । समानुपातिकको बन्दसूची असोज २ र ३ गते पेश गर्ने कार्यसूची छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ८ : २५ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।