१२ बैशाख २०८१, बुधबार | April 24, 2024

मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने



भैरहवा । सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको रुपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ ।

२०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरु जीर्ण हुँदै गएपछि लुमिबनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुबर्षिय योजनाबाट शौक्षिक भवन बन्न लागेको हो ।

भौतिक संरचना र पूर्वाधारमा धेरै कमि रहेको पाइएपछि लुम्बिनी प्रदेश सरकारको सक्रियतामा बहुबर्षिय योजना सहित शुक्रबार लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्री बसिउद्दीन खानले भवनको शिलान्यास गरेका छन् ।

विधालयको हाता भित्र रहेको जग्गामा सुविधा सम्प्नन संरचना निर्माण गर्ने योजना प्रदेश सरकारले लिएको छ, लुम्बिनी प्रदेश योजना आयोग मार्फत ३ वर्षिय योजना सहित मर्चवार आदर्श माविको शैक्षिक भवन निर्माणका लागि ९ करोड ९९ लाख ९० हजारको लागत अनुमान सहित निर्माण कार्य अघि बढेको मन्त्री खानले भने ।

भवनको शिलान्यास गर्दै मन्त्री खानले विद्यार्थीको संख्या धेरै र सिमित स्रोत साधन शिक्षा दिनमा कठिनाई भएकोले बहुबर्षिय योजनामा विद्यालयमा बृहद भवन बनाउन लागेको उनले भने ।

यस्ते सो अवसरमा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले मर्चवारको भविष्य उज्जवल रहेकोले यहाको शैक्षिक गुणस्तरलाई अन्य विद्यालयसँग तुलना गर्दै बृद्धि गर्नु पर्ने जरुरी रहेको बताए । प्रदेश सरकारको दोस्रो ठूलो विद्यालयको योजना मर्चवारमै रहेको बताउदै उपाध्यक्ष क्षेत्रीले शिक्षामा गुण्स्तरका लागि सिस्टम नै परिवर्तन गर्नु पर्ने बताए ।

योजना आयोगले पहिलो वर्ष १ करोड ५० लाख, दोस्रो वर्ष ५ करोड र अनितम वर्ष ३ करोड ४९ लाख ९० हजार लागत अनुमान सहित निर्माण कामको थालनी गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ६ : ३९ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको