१६ श्रावण २०८३, शनिबार | August 1, 2026

जनकपुरधाममा सस्तो बजार लाग्ने



जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्षजस्तै यस वर्षमा पनि विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा आयोजना हुने सस्तो बजारका सम्बन्धमा छलफल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललेको अध्यक्षतामा भएको छलफलमा सहभागीले सस्तो बजार नाम भए पनि यहाँका बजार सस्तो नरहेको जनाउँँदै ग्राहकलाई सहुलियतदरमा समान उपलब्ध गराउन सबै पक्ष प्रयत्नरत हुनुपर्नेमा जोड दिए ।

प्रजिअ पौडेलले बजारमा ग्राहक ठग्न नदिन पहल गरिने जानकारी गराउँदै आजदेखि धनुषामा चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरिने बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले यो बजारभन्दा पनि विशेष प्रदर्शनी रहेकाले स्थानीय उत्पादनको बजार प्रवद्र्धनका लागि अवसरको रुपमा सदुपयोग गर्नुपर्ने अवश्यकता औँल्याए ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा बजार व्यवस्थापन समितिका सदस्य सचिव जीतेन्द्र महासेठले असोज २ देखि ६ गतेसम्म बजारको स्टल बुक गर्न सकिने जानकारी दिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यवसायी, पत्रकारसहित बजार, उपभोक्तासँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : २५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको