१५ बैशाख २०८१, शनिबार | April 27, 2024

जनकपुरधाममा सस्तो बजार लाग्ने



जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्षजस्तै यस वर्षमा पनि विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा आयोजना हुने सस्तो बजारका सम्बन्धमा छलफल गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललेको अध्यक्षतामा भएको छलफलमा सहभागीले सस्तो बजार नाम भए पनि यहाँका बजार सस्तो नरहेको जनाउँँदै ग्राहकलाई सहुलियतदरमा समान उपलब्ध गराउन सबै पक्ष प्रयत्नरत हुनुपर्नेमा जोड दिए ।

प्रजिअ पौडेलले बजारमा ग्राहक ठग्न नदिन पहल गरिने जानकारी गराउँदै आजदेखि धनुषामा चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरिने बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले यो बजारभन्दा पनि विशेष प्रदर्शनी रहेकाले स्थानीय उत्पादनको बजार प्रवद्र्धनका लागि अवसरको रुपमा सदुपयोग गर्नुपर्ने अवश्यकता औँल्याए ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा बजार व्यवस्थापन समितिका सदस्य सचिव जीतेन्द्र महासेठले असोज २ देखि ६ गतेसम्म बजारको स्टल बुक गर्न सकिने जानकारी दिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यवसायी, पत्रकारसहित बजार, उपभोक्तासँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : २५ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा