काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न छलफल सुरु गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा समानुपातिक उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । आज र भोलि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
दलहरुले बन्दसूची आयोगलाई बुझाएपनि असोज १६ गतेसम्म त्यसमा हेरफेर गर्न भने पाउनेछन् । यसकारण आजै बन्दसूचीका उम्मेदवारको ठ्याक्कै टुंगो भने लाग्ने सम्भावना देखिँदैन ।
प्रदेश पार्टी कार्यालयबाट सिफारिस भै आएका नामलाई पहिलो चरणमा आयोगमा बुझाए पनि अन्तिम हेरफेर भने केहीदिन पछि नै हुनेभएको छ ।
माओवादीमा झण्डै २५०० जनाको नाम केन्द्रीय कार्यालयमा आएको छ । सोही नामबाट प्रतिनिधिसभा र प्रदेशभाको समानुपातिकतर्फका लागि ३६० जनाको नाम बन्दसूचीमा पर्नेछ ।



















प्रतिक्रिया