२२ माघ २०८२, बिहिबार | February 5, 2026

आत्महत्याको बाटो नरोज्न आमनागरिकलाई गृहमन्त्री खाणको आग्रह



काठमाडौं । आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यक्रमको आयोजना गरेको हो ।

आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट सुरु भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउएका थिए ।

राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको उनले बताएका थिए ।

‘आमनागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ । जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ । आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ,’ गृहमन्त्री खाणले भने ।

नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ४४ बजे

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास