२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ



काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका-९ अमिलिया चोकबाट ६ केजी ३६० ग्राम चरेससहित घोराही उपमहानगरपालिका-१३ डुमरगाउँ बस्ने ४० वर्षीया सुशिला गिरीसमेत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

घोराहीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना.७ ख ९०५ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी दाङकै गढवा गाउँपालिका-१ कालाकाटेबाट करिब १४४ ग्राम खैरो हेरोइनसहित कपिलवस्तु ओदारी गाउँपालिका-९ बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका-१३ तेलिबारी फुलबासा चोकबाट १२ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ४३ वर्षीया भारती राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको गल्छी गाउँपालिका-४ मासटारस्थित प्रतिक्षालयबाट करिब ३५ केजी गाँजासहित गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ४८ वर्षीय गणेश लामालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : ४८ बजे

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल