१० भदौ २०८३, बुधबार | August 26, 2026

मोतिपुर औद्योगिक करिडोरका अभियन्ता नवराजलाई ‘नेपाल सेवा प्रवीण’ पदक



बुटवल । बुटवल स्थित मोतिपुर औदागिक करिडोरका अभियन्ता उद्योगी नवराज श्रेष्ठ संविधान दिवसको अवसरमा नेपाल सरकार द्वारा ‘नेपाल सेवा प्रवीण’ पदकबाट विभूषित हुने भएका छन् ।

राष्ट्रपति विद्यादेबी भण्डारीबाट विभूषित गरिने नेपाल सेवा प्रवीण पदक श्रेष्ठले पाल्पा र रुपन्देहीमा गरेको औदागिक तथा व्यवसायिक योगदानका लागि प्रदान गरिएको हो । बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठको कार्यकालमा नै मोतिपुर औद्यागिक करिडोरको परिकल्पना गर्दै स्थापनाका लागि औपचारिक माग गरिएको थियो ।

श्रेष्ठले बुटवल स्थित निर्माणाधिन बुटवल मण्डपलाई बहुउद्देस्सिय प्रदर्शनी स्थल बनाउन आवश्यक जग्गा प्राप्तिको एजेण्डाको पनि अगुवाई गरेका थिए । हाल प्लास्टिक पाईप, पानी टङ्की लगायतका र्मिाणजन्य सामाग्रीका उत्पादक रहेका श्रेष्ठले उद्योग बाणिज्य, जेसिज लगायतका सामाजिक संस्थामा रहेर समाजमा योगदान गरेका छन् ।

पाल्पाबाट ब्यापार व्यवसायको शिलशिलामा बुटवल झरेका श्रेष्ठको नेतृत्वकालमा बुटवल उद्योग बाणिज्य संघले ठुलो योगदान गरेको बुटवलका व्यवसायीहरुले स्मरण गर्ने गर्दछन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : ४६ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत