१ श्रावण २०८२, बिहिबार | July 18, 2025

नवौ राष्ट्रिय खेलकुद २०७९ : ब्याडमिन्टन छनौट, पाल्पाका गणेश र बाँकेकी सुश्मा प्रथम



बुटवल । बुटवलमा जारी नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत सोमबार ब्याडमिन्टन छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

सिद्धार्थनगरस्थित भैरहवा ब्याडमिन्टन कबर्ड हलमा भएको प्रतियोगितामा पुरुष सिंगल तर्फ पाल्पाका गणेश रायमाझी प्रथम भएका छन । यसैगरि कपिलबस्तुका राज वर्मा दोस्रो तथा बाकेका ईरफान अन्सारी र गुल्मीका मनोज फौदार (गुल्मी ) तेस्रो भए । रुपन्देहीका बिश्वास नेपाल चौथो, बाकेका रियाज अन्सारी पाचौ तथा बाकेकै सहरोज अन्सारी छैटौ स्थान हासिल गरेका छन ।

यता महिला सिंगल तर्फ भने बाकेकी सुष्मा श्रेष्ठ प्रथम भईन । रुपन्देहीकी पुजा बिष्ट (दोस्रो तथा पाल्पाकी दिया शाक्य र शुष्मा बुढा तेस्रो भईन । खेलमा कपिलबस्तुकी सुन्दरी थारु चौथो भईन ।

कार्यक्रमको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिब जयप्रकाश भट्टराइले विजेता खेलाडीलाई पुरस्कार, प्रमाणपत्र बितरण गर्दै खेलकुद क्षेत्रलाई प्रदेश सरकारबाट आवश्यक सहयोगको आश्वासन पाएको भन्दै यसमा सबैको साथ सहयोग जरुरी रहेको बताए ।

खेलमा १२ जिल्लाका ४७ जना पुरुष तथा २८ महिला खेलाडीहरुले भाग लिएको नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य तथा छनौट समितिका जीवनसिह कुवरले बताए ।

ब्याडमिन्टन रेफ्रि प्रमोद पहारीले रुपन्देही ब्याडमिन्टन खेल र खेलाडी उत्पादनमा उर्वरभुमिका रुपमा विकास भैरहेको बताए । पुर्वाधार विकाससंग नियमित अभ्यासका कारण युवा खेलाडीहरुको संख्या बढेको उनले बताए ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ३८ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको