७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरिन : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका हुन् ।

यादवले लेखेका छन् ‘संसदको दुबै सदनबाट दुई/दुई पटक पारित भएको नागरीकता विधेयकलाई रास्ट्रपतिले प्रमाणिकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो ।’

राष्ट्रपति भण्डारीले मंगलबार रातिसम्म विधेयकलाई प्रमाणिकरण नगरेपछि गम्भीर संवैधानिक संकट उत्पन्न भएको छ । संविधानको पालना र रक्षा गर्ने संस्थाबाटै व्यक्तिगत इगोकाकारण विधेयक प्रमाणिकरण नगरेर संविधान विरोधी कार्य भएको आरोप संविधानविद्हरुले समेत लगाइरहेका छन् ।

यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी जसपाले नागरिकता विधेयक प्रमाणिकरण नगरेको विरोधमा आन्दोलन गर्ने र चुनावी मुद्दा बनाउने घोषणा गरेको छ । यादवसमेत संलग्न सत्तारुढ गठबन्धनले राष्ट्रपतिको कदमबारे आजै छलफल गर्दैछ ।

संसदले अनुमोदन गरेको कुनै पनि विधेयकलाई राष्ट्रपतिले एकपटक पुनर्विचारका लागि पुनः संसदमै पठाउन सक्ने अधिकार रहेपनि दोस्रोपटक आएको विधेयकलाई अस्वीकार गर्नसक्ने ठाउँ नै छैन । तर, भण्डारीले आफुले दिएको सुझाव संसदले पालना नगरेको भन्दै नागरिकता विधेयक प्रमाणिकरण गर्ने समय त्यसै घर्काएपछि संवैधानिक संकट उत्पन्न भएको हो । संविधानमा राष्ट्रपतिले संसदमा पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक परिमार्जन भएर मात्रै प्रमाणिकरणका लागि आउनुपर्छ भन्ने लेखिएको छैन ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ४० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज