२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

चार वर्षीय बालक अपहरण आरोपमा चितवनाबाट भारतीय महिला पक्राउ



भरतपुर । चार वर्षीय बालक अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रहसी गाउँ घर भएकी ३८ वर्षीया अनिता पाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका-१७ गञ्जनगर घर भएका चार वर्षीया बालकलाई पालले मंगलबार दिउँसो ललाइफकाइ लैजान लागेकी थिइन् ।

पालको व्यवहार शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा बालकको अपहरण गरी लैजान लागेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी पालविरुद्ध चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा चार दिको म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : ५१ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर