६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

लाइगर फ्लप भएपछि फिल्मविहीन बनिन् अनन्या



मुम्बई । फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ । भनिन्छ, उदाउँदो सूर्यलाई जेकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन् । बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन् । अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का साथ धमाकेदार सुरुवात गरेकी थिइन् ।

यो फिल्मसँगै अनन्याले साउथ सिनेमामा पाइला चालेकी थिइन् । फिल्मप्रति सबैको आशा थियो । यसको टिजर र ट्रेलरसँगै गीतलाई पनि दर्शकले मनपराएका थिए । तर जसै फिल्म थिएटर पुग्यो, फिल्मले दर्शकलाई खासै प्रभावित पारेन । जसकारण फिल्म बक्सअफिसमा पूर्ण रुपमा असफल रह्यो ।

यो फिल्मको रिलिजअघि अनन्याको टलिउड डेब्यूमा जोकोहीको नजर थियो । उनलाई ‘लाइगर’ अघि धेरै फिल्मबाट अफर आएको थियो । उनलाई ‘एनटीआर ३०’ को पनि अफर थियो । तर उनले त्यसमा स्वीकृति जनाइनन् । फिल्म ‘लाइगर’ हिट हुने र त्यसपछि मोटो पारिश्रमिक लिएर अर्को फिल्ममा अभिनय गर्ने अनन्याको योजना थियो । उनी फिल्म हिट हुनासाथ चार करोड पारिश्रमिक माग्ने सोचाईमा थिइन् । तर उनले सोचेजस्तो वास्तविकतामा भएन ।

फिल्म पूर्ण रुपमा बक्सअफिसमा असफल रह्यो । फिल्म फ्लप भएपछि अभिनेत्रीले पारिश्रमिकमा कुनै परिवर्तन गरेकी छैनन् । उनी नयाँ फिल्मका लागि २ करोड पारिश्रमिक लिने योजनामा छिन् । तर उनलाई अहिलेसम्म कुनै साउथ फिल्मबाट अफर आएको छैन ।

फिल्म निर्माताहरु अनन्याको अभिनयबाट खासै प्रभावित हुन सकेका छैनन् । यहीकारण उनलाई कसैले पनि फिल्मको अफर गरेका छैनन् । उनलाई यसअघि अफर गरिएका फिल्मका निर्माताले उनको विकल्पमा अन्य अभिनेत्रीलाई खोज्न थालिसकेका छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ९ : १४ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का