७ आश्विन २०८३, बुधबार | September 23, 2026

बागमती नगरपालिका मेयर थापाका भाइले पत्रकारलाई कुटे



सर्लाही । सर्लाहीमा दुई पत्रकारमाथि निर्घात कुटपिट भएको छ । बागमती नगरपालिकामा भएका गतिविधिबारे समाचार बनाएका अनलाइनपानाका दुई पत्रकारमाथि आक्रमण भएको हो ।

नगरपालिकाको गतिविधिबारे समाचार लेखेका पत्रकारद्वय नारायणप्रसाद अधिकारी र शालिक भट्टलाई नगरपालिकामा बोलाएर मेयर भरतकुमार थापाका सहोदर भाइ रामकुमार थापासहितको टिमले निर्घात रुपमा कुटपिट गरेका हुन् । मेयरका भाइ थापासहितले पत्रकारद्वय अधिकारी र भट्टमाथि हेलमेटले आक्रमणसमेत गरेका थिए ।

यसअघि अनलाइनपानाले नगरपालिकाले कानुनविपरित बनाएको भरत तालका कारण त्यहाँका नागरिक सुकुम्बासी बनेका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो । मेयरले अन्तर्वार्तामार्फत थप कुरा प्रष्ट पार्ने भनेर मेयर थापाकै भाइ रामकुमार थापाले बोलाएपछि आफूहरू नगरपालिकामा पुगेका बेला आक्रमण भएको पीडित पत्रकार अधिकारीले बताए। तर, मेयर थापाकै संलग्नतामा आफूहरूमाथि आक्रमण भएको पीडित पत्रकारको आशंका छ ।

अनलाइनपानाले यसअघि भरत तालका कारण सुकुम्वासीको घरमा बाढी, सर्लाहीको बागमतीमा बनेको भरतताल कानुनविपरीत, बागमतीका मेयर थापासहित १५ जनाविरुद्ध हत्या आरोप, कहाँ पुग्यो अनुसन्धान रु र बागमती नगरको अवैध धन्दा  सागरनाथ वनको जग्गामा मेयरको रजाइँ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।

यसअघि पनि मेयर थापाका भाइ रामकुमारले पत्रकारद्वयलाई पटक–पटक ज्यानमा मार्ने धम्की दिएका थिए। यसै विषयको समाचार लेखेको हिमाल पोस्टका सम्पादक मोती खानाललाईसमेत ज्यान मार्ने धम्की दिएका थिए ।

मेयर थापामाथि विप्लव नेकपाका कुमार पौडेल हत्यामा सुराकी गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ०३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज