२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दो



एजेन्सी । पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् ।

पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस विरामी परेका बताइएको हो ।

यहाँको सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यतामात्र यहाँका तीन सय २३ जनालाई डेङ्गु लागेको छ ।यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ ।

कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । सेप्टेम्बर महिनामा मात्र सिन्धमा करिब चार हजार जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार बाढी प्रभावित भएर घरबारबिहीन हुन पुगेका नागरिकमा यस्तो प्रकोप देखिएको पाइएको समाचारमा जनाइएको छ ।

यहाँको खैबर पाक्थुन्क्वामा पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ४६ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर