१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

रोहिणीका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमलाई स्वागत गरिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबाट सरुवा भइ रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गौतमलाई बिहीबार एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले जनप्रतिनिधि तथा कर्मचारीको साथ र सहयोगले नियम, कानून अन्तर्गत रहेर कार्यसम्पादन गर्ने बताए । उनले गाउँपालिकाका अधुरा काम पुरा गर्न लागिपर्ने बताए । उनले भने, ‘यहाँहरुको साथ, सहयोग र सदभाव आवश्यक छ, एक्लो प्रयासले मात्र सफल हुन सकिदैन । ’सबै मिलेर गाउँपालिकालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘समुन्नत गाउँपालिका बनाउनेतर्फ अघि बढ्छौं । ‘

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सबै मिलेर रोहिणी गाउँपालिकालाई अगाडि बढाउने बताए । उनले निर्वाचनमा जनतासँग वाचा गरिएका कुराहरु पूरा गर्न लागिपरेको बताए । उनले कर्मचारी र जनप्रतिनिधिबीच सहयोग र सहकार्यमार्फत गाउँपालिकालाई अघि बढाउने बताए । अध्यक्ष यादवले रोहिणीलाई नमूना गाउँपालिका बनाउन प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका रहने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले एकजुट भएर अगाडि बढ्ने बताइन् । गाउँपालिकाका प्रवक्ता तथा रोहिणी-३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्रीले रोहिणीलाई नमूना गाउँपालिका बनाउन मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष करम हुुसेन खाँ, ४ का अध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : ४१ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा