८ पुस २०८२, मंगलबार | December 24, 2025

रोहिणीका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत



भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमलाई स्वागत गरिएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबाट सरुवा भइ रोहिणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका गौतमलाई बिहीबार एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले जनप्रतिनिधि तथा कर्मचारीको साथ र सहयोगले नियम, कानून अन्तर्गत रहेर कार्यसम्पादन गर्ने बताए । उनले गाउँपालिकाका अधुरा काम पुरा गर्न लागिपर्ने बताए । उनले भने, ‘यहाँहरुको साथ, सहयोग र सदभाव आवश्यक छ, एक्लो प्रयासले मात्र सफल हुन सकिदैन । ’सबै मिलेर गाउँपालिकालाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘समुन्नत गाउँपालिका बनाउनेतर्फ अघि बढ्छौं । ‘

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सबै मिलेर रोहिणी गाउँपालिकालाई अगाडि बढाउने बताए । उनले निर्वाचनमा जनतासँग वाचा गरिएका कुराहरु पूरा गर्न लागिपरेको बताए । उनले कर्मचारी र जनप्रतिनिधिबीच सहयोग र सहकार्यमार्फत गाउँपालिकालाई अघि बढाउने बताए । अध्यक्ष यादवले रोहिणीलाई नमूना गाउँपालिका बनाउन प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका रहने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले एकजुट भएर अगाडि बढ्ने बताइन् । गाउँपालिकाका प्रवक्ता तथा रोहिणी-३ का वडाअध्यक्ष बीर बहादुर क्षेत्रीले रोहिणीलाई नमूना गाउँपालिका बनाउन मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता तथा गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष करम हुुसेन खाँ, ४ का अध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : ४१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना