२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

डिभी परेपछि भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने नौ जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्।

यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो । उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए ।

डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ३९ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर