३ पुस २०८२, बिहिबार | December 18, 2025

चितवन, कैलाली र गोरखामा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु



बुटवल । गयराती भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चितवन, कैलाली र गोरखामा ३ जनाको ज्यान गएको छ ।चितवनको भरतपुर महानगरपालीका–९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–९ का ६२ वर्षीय प्राण जवरा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

बिरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।

ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ ।

उता कैलालीको धनगढी उपमहानगरपालिका– १६ उल्टापानीमा गएराती ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् । धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर गएराती साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियो ।

चालक चौधरीको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ ।

त्यस्तै गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रीत भई भिरमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।

गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ३८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका