३० चैत्र २०८२, सोमबार | April 13, 2026

चितवन, कैलाली र गोरखामा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु



बुटवल । गयराती भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चितवन, कैलाली र गोरखामा ३ जनाको ज्यान गएको छ ।चितवनको भरतपुर महानगरपालीका–९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–९ का ६२ वर्षीय प्राण जवरा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

बिरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।

ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ ।

उता कैलालीको धनगढी उपमहानगरपालिका– १६ उल्टापानीमा गएराती ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् । धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रयाक्टर गएराती साढे ९ बजे अनियन्त्रित भइ नालामा पल्टिएको थियो ।

चालक चौधरीको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बेहडाबा कैलालीले जनाएको छ ।

त्यस्तै गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रीत भई भिरमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।

गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ३८ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका