२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

काभ्रेको पनौतीमा बन्ने भयो प्रहरी प्रशिक्षण प्रतिष्ठान, गृहमन्त्रीले गरे भुमिपूजन



काभ्रे । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माणका लागि आज भूमिपूजन गरेका छन् ।

सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले संयुक्तरुपमा परियोजनाको शिलान्यास गरेका थिए।

करिब दश अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको सो प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेलमैदान, स्वीमिङ पुललगायतका भौतिक संरचना निर्माण हुनेछन् । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको समिश्रणमा करिब छ सय ७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका भवन र अरु संरचनाहरु निर्माण हुने जनाइएको छ ।

दिगो विकास मापदण्डअनुरुप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने जनाइएको छ ।

भारत सरकारको अनुदानमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवनबाट नेपाल प्रहरीको भौतिक एवं वृत्ति विकासमा सहयोग पुग्ने धारणा गृहमन्त्री खाणले राख्नुभयो । यस प्रतिष्ठान भवनबाट प्रहरीमा दक्षता अभिवृद्धि हुने र समग्र प्रहरी सङ्गठनको क्षमता विकास र विस्तारमा सहयोग पुग्ने उनले बताए ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पच्चीस वर्ष अगाडिदेखिको परियोजनालाई मूर्तरुप दिने काम सुरु भएकामा खुसी व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको एक महत्वपूर्ण कोसेढुङ्गाका रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना अघि बढेको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ०२ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा