२८ पुस २०८२, सोमबार | January 12, 2026

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ ।

हाल देशभरको मौसममा बदली भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ४९ बजे

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह

नेपालगन्ज । निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

पोखरा । थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई

बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को