१० असार २०८३, बुधबार | June 24, 2026

इरानमा हिजाबविरोधी प्रदर्शन चर्कियो, ५० जनाको मृत्यु



एजेन्सी । इरानमा हिजाब विरोधी तीब्र चर्किएको छ । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो ।

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।महिलाहरुले लगातार ८औँ रात शुक्रबार देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ । यो संख्या सरकारले सार्वजनिक गरेकोभन्दा तीन गुण बढी हो । यसअघि सरकारले एक सातायता निरन्तर भएका प्रदर्शनमा १७ जनाको मृत्यु भएको जनाएको थियो ।

सामाजिक सञ्जालमा फैलिएको आधिकारिक फुटेजमा सरकार समर्थित जुलुसहरू तितरबितर भएको केही घण्टापछि राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ ।

हिंसा भड्किएपछि सरकारले विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक लगाएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ५७ बजे

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका